विश्वभर १ करोडभन्दा बढी सक्रिय संक्रमित, ७७ हजारको अवस्था गम्भीर

३ बर्ष अघि

२0७७ कार्तिक ९ आईतवार

विश्वभर १ करोडभन्दा बढी सक्रिय संक्रमित, ७७ हजारको अवस्था गम्भीर

काठमाडौं कार्तिक ९ । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४६२ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ४ करोड २९ लाख २३ हजार ९४२ पुगेको छ । त्यसमध्ये ७७ हजार १९५ जना सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५५७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६५ हजार ७०५ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ५९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ७३६ पुगेको छ ।सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख २७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७८ लाख ६३ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ८१ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४९ हजार ११३ जनाको मृत्यु भएको छ । ८१ लाख ९४ हजार ३१९ जना संक्रमित भएकोमा ३४ लाख २६ हजार ७४६ जना संक्रमणमुक्त भएका छन् ।