घरमै बसेर दशैं मनाउन ,स्वास्थ्य कार्यालय दार्चुलाको अनुरोध ।

३ बर्ष अघि

२0७७ कार्तिक ९ आईतवार

घरमै बसेर दशैं मनाउन ,स्वास्थ्य कार्यालय दार्चुलाको अनुरोध ।

दृष्टिकोण समाचार कार्तिक ९ दार्चुला । घरमै बसेर दशै मनाउन स्वस्थ्य कार्यालय दार्चुलाले अनुरोध गरेको छ । यो बर्षको दशैंको मुख्यदिन विजयादशमी आउन १ दिनमात्रै बाकी रहेको छ । दशैंमा खानपान गर्ने,रमाइलो गर्ने र एकआपसमा जमघट भएर सुखदुख साटासाट गर्ने चलन रही आएको भएपनि यो बर्ष कोरोनाका कारण गाउँघरमा दशैंको रौनक नभएको स्थानीयहरुले बताएका छन् । कोरोना भाईरसको जोखिम कायमै रहेकाले भीडभाड नगरी दशैं मनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन । दशैंको बेला भीडभाडमा गएमा कोरोनाको जोखिम बढ्ने भएकाले घरमै दशैं मनाउदा जिल्ला बासीहरुमा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले स्वास्थ्य सुरक्षाका सम्पुर्ण नियमहरु पुर्ण रुपमा पालना गर्ने जिल्लाबासीहरुमा आग्रह गरेका छन । भीड भाडले कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले घरमै दशैं मनाउन उपयुक्त हुने उनको भनाई रहेको छ । चाडपर्वका बेला गरिने भीडभाडले जोखिम बढ्ने भएकाले यसमा सबैले ध्यान दिनपर्ने उहाँले बताउनुभयो । यस्तै चाडपर्वका बेला खानपीनमा समेत बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेको छ । धेरै चिल्लो पदार्थ भएको खानेकुरा सेवन नगर्न स्वास्थ्यकर्मीहरुको सुझाव छ । दार्चुला पनि  सामूहिक रुपमा देवीदेवताका मन्दिरहरुमा पूजाआजा गर्ने चलन भएपनि यो बर्ष सामूहिक रुपमा पूजाआजा गर्न अनुकुल बताबरण नएकाले आ आफनो घरमा बसेर यस वर्षको दशैतिहार मनाउन उहाले आग्रह गर्नु भएको हो । माछा मासु लगायतका पशुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्नेमा उनीहरुको जोड छ । खानपीनकै कारण स्वास्थ्यमा विभिन्न खालका समस्या आउने भएकाले यो बेला खानपीनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले जोड दिएका छन । पछिल्लो समय दार्चुला जिल्ला पनि कोरोनाका विरामी बढदै गएकाले चाड पर्व मनाउदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पुर्णरुपमा पालना गर्ने पनि स्वास्थ्य कार्यालय दार्चुलाले आग्रह गरेको छ ।