दार्चुलाबाट तीन हजार शिक्षक तयार, सबभन्दा बढी प्रावि तहमा

६ बर्ष अघि

२0७५ श्रावण ४ शुक्रबार

दार्चुलाबाट तीन हजार शिक्षक तयार, सबभन्दा बढी प्रावि तहमा

दृष्टीकोण समाचार, साउन ३ दार्चुला । दार्चुला जिल्लाबाट शिक्षक सेवा आयोगमा तीन हजार ५६ जनाले फारम भरेका छन् । शिक्षक सेवा आयोगले २०७५ असार मसान्त सम्म आह्वान गरेको विज्ञापनमा दार्चुला जिल्लाबाट प्रावि तहमा २ हजार १ सय ४४ जना निमावि तहमा ६ सय १० जना र माध्यमिक तहमा ३ सय २ जनाले दर्खास्त पेश गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख दिपकसिह कुवरले जानकारी दिनुभयो । असार ३२ गतेसम्मको तथ्याङ्क अनुसार यो संख्यामा दरखास्त परेको र दोब्बर दस्तुर तिरेर प्राविका लागि साउन ५ गते र निमावि र मावि तहका लागि साउन ६ गते सम्म दरखास्त लिइने पनि निमित्त प्रमुख कुवरको भनाई छ ।
निमावि र मावि तहमा विषयगत रुपमा दरखास्त पेश गरीएको छ । निमावि तहमा नेपाली विषयमा २ सय ४८ जना, अंग्रजीमा १ सय १५ जना, गणितमा ४५ जना, विज्ञान विषयमा १२ जना, सामाजिक विषयमा १ सय ८० जना, र गणित विज्ञान विषयमा १० जनाले दरखास्त पेश गरेका छन् ।
यस्तै माध्यमिक तहमा नेपाली विषयमा ९६ जना, अग्रेजीमा ५४ जना, गणितमा २२ जना, विज्ञानमा ११ जना, सामाजिकमा १ सय १६ जना, अर्थशास्त्रमा २ जना, र स्वास्थ्य जनसंख्या तथा वातावरणमा १ जनाले दरखास्त दिएको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख दिपकसिह कुंवरले जानकारी दिनुभयो ।