सजानी मेलखेत लघु जलविद्युतको नहर भत्किाएको दुई महिना पछि विद्युत बल्यो

३ बर्ष अघि

२0७७ कार्तिक ९ आईतवार

सजानी मेलखेत लघु जलविद्युतको नहर भत्किाएको दुई महिना पछि विद्युत बल्यो

दृष्टिकोण समाचार कार्तिक ९ दार्चुला ।  दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को सजानी मेलखेत लघु जलविद्युतको नहर पहिरोले भत्किएको ठिक दुई महिना पछि हिजो बाट विद्युत बलेको छ । गत भदौ २ गते आएको अबिरल वर्षापछिको पहिरोले लघु जलविद्युतको नहर भत्काएपछि उतm क्षेत्रका १सय २३ घरधुरीमा विद्युत सेवा अबरुद्ध भएको थियो ।१८ दशमलव ५ किलोवाट क्षमताको लघुजलविद्युत मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को १ सय २३ घरधुरीमा विद्युत पुगेको थियो। ‘झण्डै ८ सय ५० मिटरको नहर पहिरोले बगाएको छ। बरपाली गाडबाट निकालिएको विद्युतको मूल नहर भत्किएको हो। लघुजलविद्युतको मुहान क्षेत्रमा तडबन्ध लगाइएको भएपनि पूरैखोलाले बगाएको पछि गाउँपालिकाको वाड नम्बर १ मा बिद्युत सेवा अबरुद्ध भएको थियो । पछिल्लो दुई महिनामा उतmक्षेत्रका करिब १सय २३ वटै घरपरिवारमा बिद्युत बलेको छ । स्थानीय श्याम सिह सामन्तका अनुसार हाल सम्म जिल्लाको मालिकार्जुन गाउँपालिका वाड नम्बर १ को सुत्तने, डुङरी,ठाडिधार मेलखेत तल्लो रेबली, माथिल्लो रेबली क्षेत्रमा यो भन्दा पहिले नै विद्युत बलेको थियो भने सजानी बस्तीमा हिजो बाट विद्युत सेवा सुचारु गरिएको सामन्तले जानकारी दिनु भयो ।अहिले उतm क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको बिद्युत प्रसारण लाईन जोडिएको छ विद्युत प्राधिकरणलाई सजानी मेलखेत लघुजलविद्युतको तार दिएपछि अहिले प्राधिकरणले विद्युत सञ्चालन गरेको त्येस क्षेत्रका स्गानीयहरुले जानकारी दिएका छन । सजानी गाउँमा  पछिल्लो समय एकातिर बाढी पहिरोले गाउँ जोखिममा परेको छ। विद्युत नहुदा त्येसक्षेत्रका पढने विद्यार्थीहरु पढनबाट बन्चित भएका थिए। सोलार र टुकी प्रयोग हुँदै आएको गाउँमा विद्युत विस्तार हुँदा गाउँपालिकाको वाड नम्बर १ का १ सय २३ घर झिलीमिली भएको छ।