बैतडीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ६८ पुग्यो

३ बर्ष अघि

२0७७ कार्तिक ८ शनिबार

बैतडीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ६८ पुग्यो

बैतडी कार्तिक ८ । बैतडी जिल्लामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । शनिबार डडेल्धुरा अस्पातलको प्रयोगशालामा भएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । ।दोगडाकेदार गाउँपालिका २ का २१ बर्षीय पुरुष र मेलौली नगरपालिका २ का २० बर्षीय महिलामा कोराना पुष्टि भएको हो ।दुवैजना भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसीरहेका बताइएको छ । दोगडाकेदारका संक्रमित पुरुष भने ३ हप्ता अघि भारतबाट फर्केका र मेलौलीका संक्रमित महिला एकहप्ता अघि भारतबाट स्वदेश फर्केका हुन् ।शनिबार थप दुईजनामा कोरोना पुष्टि भएसंगै जिल्ला संक्रमितको संख्या ४ सय ६८ पुगेको छ । ४ सय ६८ जना मध्ये ४ सय ४२ जना निको भएर घर फर्केका छन् भने २५ जना सक्रिय संक्रमित रहेका छन् । एकजनाको भने बैतडीमा कोरोनाका कारण मृत्यु भईसकेको छ ।