पुख्र्यौली पेशालाई व्यवसायिक बनाएर मनग्य आम्दानी गर्दै राजेश 

३ बर्ष अघि

२0७७ कार्तिक ८ शनिबार

पुख्र्यौली पेशालाई व्यवसायिक बनाएर मनग्य आम्दानी गर्दै राजेश 

दृष्टिकोण समाचार कार्तिक ८ दार्चुला । पुख्र्याैली पेशालाई व्यवसायिक बनाउँदा स्वदेशमै पनि मनग्य आम्दानी गरिरहेका छन् । करिब डेढ दशकदेखि आफ्नो पुख्र्यौली पेशा सिलाई कटाईलाई व्यवसायिक बनाएका राजेश नेपालीले अहिले स्वदेशमै मासिक ३५ हजारसम्म आम्दानी गरिरहेका छन् । दार्चुला जिल्लामा डेढ दशक देखि सिलाईको क्षेत्रमा अग्रसर युवा राजेश नेपाली जिल्लाका य’वा उद्यमी हुन । २०५९ सालबाट २० वर्षको उमेरमै सिलाई पेशा अंगालेका राजेशले स्वदेशमै आफ्नो पुख्यौली पेशा बचाएका छन् भने अर्काेतिर मनग्य आम्दानी पनि गरिरहेका छन । पैशा कमाउनको लागि अहिलेको युवा जमात खाडी मुलुक धाइरहेको छ । तर आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने कुराको प्रमाणित गरेका छन राजेशल।े . व्यतिmगत ४० हजार र लघुउद्यम बाट १० हजार रुपैँया लगानी गरेर महाकाली नगरपालीका ४ खलंगा बजारमा सिलाई सेन्टर स्थापना गरेका थिए । राजेशको यो पेशा पुख्र्यौली पेशा पनि हो । तर पेशालाई आधुनिकतामा परिणत गरेर उनले मनग्य आम्दानी गरिरहेका छन् । राष्ट्रिय सीप परीक्षण केन्द्र सिटिइभिटीबाट टु लेभलको सीप सिकेर अहिले सिलाई क्षेत्रबाटै जिवन धान्दै धेरैलाइ रोजगारी समेत दिएका छन् । सुरुदेखि नै महिला पुरुषका लागि कपडा सिउने राजेश सिलाई सेन्टरमा अहिले महिलाको मात्रै कपडा सिलाउने पसल सञ्चालनमा ल्याएको छ । अहिले उनको पशलमा ६÷७ जनाले काम पाएका छन ।अहिले २ वटा पसल सञ्चालनमा गरेको छन् । राजेश मिहिनेती र परिश्रमी भएकाले समेत उनले गरेको कामको ग्राहकहरुले पनि मन पराए पछि उनी अहिले जिल्लामै काम र नाम कमाउन सफल भएका हुन । उनले आफनो ब्यक्तिगत लगानीमा आफनो भाईलाइ सिलाई सिकाउन जिल्ला बाहिर पठाएका थिए ।. हाल उनको भाईले नै नयाँ नयाँ डिजाइनका कपडाहरु सीउने गरेका छन ।. राजेशले सिलाई बाटै मासिक ३५ हजार रुपैँया सम्म कमाउने र घरपरिवारको खर्च राम्रोसंग चलाएका छन . राजेश सिलाई सेन्टरमा जिल्ला भित्र तथा जिल्ला बाहिर र भारतको धारचुला र पिथौरागढ बाट पनि कपडा सिलाउन मान्छेहरु आउने गरेका छन ।. राजेश सिलाई सेन्टर बाटै काम सिकेर ३ जनाले जिल्लामै आफनै सिलाई व्यवसाय सन्चालन गरेका छन । गत चैत्र ११ गते बाट लकडाउ भए देखि आज भोली सम्म अलि समस्या भएको छ राजेशले भनु भयो, हाल राजेश सिलाई सेन्टरमा विभिन्न डिजाईनका कोट पैन्ट, लेडिज सुट र जेन्स कपडा समेत सिलाइन्छन । चिसोमा लगाउने विभिन्न किसिमका पैन्ट सट हरुपनि उपलब्ध रहेका छन् । समयको परिर्वतनसँगै उनले नयाँ नयाँ डिजाइनका कपडाहरु युट्युब लगायत सोसल मिडिया बाट सिकेर व्यवहारमा लागु गर्ने गरेको राजेशले बताए । जुनसुकै पेशामा पनि निरन्तरता र मिहनेत गरेपछि सफलता मिल्ने र सफल उद्यमी बन्न सकिने उनको सन्देश छ . साथै सरकारले उनी जस्ता उद्यमीहरुलाई प्रोत्साहन र प्रविधिमा सहयोग गर्ने हो भने रोजगारी सिर्जन गर्नुका साथै आर्थिक समृद्धि हुने राजेशके तर्क छ . परिश्रम र सीप प्रयोग गर्न सके धन कमाउन मुग्लान तिर जानुपर्ने अवस्था नआउने एक उदाहरण पनि बनेका छन् ।