आईपीएलको शीर्ष स्थानमा मुम्बई, चेन्नई प्रतियोगिताबाट बाहिरियो

३ बर्ष अघि

२0७७ कार्तिक ८ शनिबार

आईपीएलको शीर्ष स्थानमा मुम्बई, चेन्नई प्रतियोगिताबाट बाहिरियो

काठमाण्डौ कार्तिक ८ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।चेन्नई सुपर किग्ङ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो । राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउन सक्यो ।१ सय १५ रनको लक्ष्य पाएको मुम्बईले १२ ओभर २ बलमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जीतसँगै मुम्बईको १० खेलमा १४ अंक भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरको पनि १४ अंक नै भए पनि रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा पुगेको हो ।