विश्वभर २४ घण्टामा ४ लाख ७७ हजारमा कोरोना संक्रमण पुष्टि,

३ बर्ष अघि

२0७७ कार्तिक ७ शुक्रबार

विश्वभर २४ घण्टामा ४ लाख ७७ हजारमा कोरोना संक्रमण पुष्टि,

काठमाडौं कार्तिक ७ ।  विश्वभर एकैदिन ४ लाख ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ७७ हजार ७५१ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ११ लाख ८१ हजार ८०१ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ४६४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार १६१ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८६ लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख ५९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ३२ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४५ हजार ५०८ जनाको मृत्यु भएको छ । ७७ लाख ५५ हजार ४८८ जना संक्रमित भएकोमा ३३ लाख ४५ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।