कार्तिक ६ बैतडी । बैतडीका थप ७ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पातल र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बैतडीका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीका अनुसार डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा १ जना र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो । बिहरीबार कोरोना संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिकाका ८ का २० बर्षका एकजना पुरुष , दशरथचन्द नगरपालिकाका ९ का २० देखि ४९ वर्ष उमेर समुहका ५ पुरुष र २७ बर्षकी एक महिलामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । बिहीबार थप सात जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कुल कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको कोभीड १९ सम्पर्क व्यक्ती जोशीले बताउनुभयो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारि दिनुभएको छ । अहिले सम्म जिल्लाका ४ सय ६६ जनाका कोरोना पु्ष्टि भएकामा ४ सय ३९ जना संक्रमण मुक्त भइसकेका छन भने १ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार अब जिल्लामा २६ जनामात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन ।