नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि ,

३ बर्ष अघि

२0७७ कार्तिक ६ बिहीबार

नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि ,

काठमाडौं कार्तिक ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । सैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय७७ रहेको छ ।  योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २ हजार ८ सय २० पुगेको छ ।    नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।