व्याँस गाउँपालिकामा  निषेधाज्ञा जारी । 

३ बर्ष अघि

२0७७ कार्तिक ६ बिहीबार

व्याँस गाउँपालिकामा  निषेधाज्ञा  जारी  । 

 दृष्टिकोण समाचार कार्तिक ६ । ब्याँस गाउँपालिकाका चार ओटा वडाहरुमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा अहिलेसम्मकै ठूलो क्षेत्र समेटेर ब्याँस गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । असोज २८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएकाले वडा नम्बर ६ देखि वडा नम्बर ३ सम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । विहीबार बेलुकी सातबजेखि लागु हुने गरी अर्को सूचना नभएसम्मका लागि चार ओटा वडामा निषेधाज्ञा जारी गरिएको हो । पूर्वमा कैचुल, पश्चिममा महाकाली नदी, उत्तरमा वडा नम्बर ३ को फतङगाड र दक्षिणमा कालागाडसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । ब्याँस गाउँकार्यपालिकाले निषेधाज्ञाका लागि विहीबार अनुरोध पत्र आएकाले प्रशासनले सोही अनुसार स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको अवज्ञा गरे ऐन अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ । वडाध्यक्षलाई नै कोरोना संक्रमण देखिएकाले कात्र्तिक ६ गतेदेखि १६ गतेसम्म वडा क्षेत्र भित्र अवात् जावत् नगर्न वडा नम्बर ३ को वडा कार्यालयले पनि अनुरोध गरेको छ । साथै दशमीका दिन सिद्धनाथ मन्दिरमा लाग्ने जात्रामा पनि भीडभाड नगर्न र सीमित व्यक्तिहरुको उपस्थिति मात्रै पूजापाठ गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।  हेनुहोस सूचना सहित ।