६० वर्षीय वृद्धद्धारा झुण्डिएर आत्महत्या

३ बर्ष अघि

२0७७ कार्तिक ६ बिहीबार

६० वर्षीय वृद्धद्धारा झुण्डिएर आत्महत्या

दृष्टिकोण समाचार कार्तिक ६ दार्चुला । दार्चुलामा एक वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् । महाकाली नगरपालिका— १ मलेरा घरभई हाल महाकाली —५ मोहती बस्दै आएका अन्दाजी ६० वर्षीय दिलिप सिंह बडालले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।  बुधवार राती करिब ८ बजेतिर मोहती स्थित भतिजा करन सिंह बडालको घरमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् । घटनास्थलमा अहिले प्रहरी खटिइ मुचुल्का तयार पारी रहेको तथा पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।