दार्चुलामा ५० सहित नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि,

३ बर्ष अघि

२0७७ कार्तिक ५ बुधबार

दार्चुलामा ५० सहित नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि,

काठमाडौ कार्तिक ५ ।  नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दार्चुलमा ५० सहित नेपालमा थप  ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ९९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।  अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।  यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।