तपाई शिक्षक बन्न चाहानु हुन्छ ? हो भने स्टार इन्स्टिच्युट सहि गन्तब्य

६ बर्ष अघि

२0७५ श्रावण ३ बिहीबार

तपाई शिक्षक बन्न चाहानु हुन्छ ? हो भने स्टार इन्स्टिच्युट सहि गन्तब्य

दृष्टीकोण समाचार, साउन ३ दार्चुला । शिक्षक सेवा आयोगले अहिले प्रावि, निमावि र मावि तहका गरी दार्चुला जिल्लाबाट झण्डै तीनहजार बढीले आयोगमा दरखास्त दिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । 
विभिन्न तहमा फारम भरेका विद्यार्थीहरु अहिले शिक्षक सेवा आयोगका तयारी कक्षा लिईरहेको छन् भने कतिपयले स्व अध्ययन पनि गरिरहेका छन् । तपाई शिक्षक सेवा आयोगका तयारी कक्षा लिने सोँचमा हुनुहुन्छ भने ढुक्क भएर स्टार टेक्नीकल इन्स्टिच्युट उत्तम विकल्प हुन सक्छ । 


साउन पाँच गतेबाट प्रावि तहको शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटका प्रशासन अधिकृत रमेश खत्रीले बताए । चालु शैक्षिक सत्र २०७५÷७६ बाट दार्चुला जिल्लामा पहिलो पटक प्राविधिक शिक्षा दिनका लागि सञ्चालनमा ल्याईएको उक्त इन्स्टिच्युटमा होटेल म्यानेजमेन्ट, उद्यम विकास सहजकर्ता, हाउस वाईरिङ, कम्प्युटर कोर्ष लगायतका कक्षाहरुका लागि सीप विकास परिक्षण बोर्डको मान्यता प्राप्त गरी विधिवत रुपमा सञ्चालनमा ल्याईएको छ ।
यसका अतिरिक्त जिल्लामा सस्तो र गुणस्तरिय रुपमा शिक्षक सेवा आयोगका कक्षा पनि सञ्चालनमा ल्याईएका हुन् । मल्टीमिडिया प्रविधि, पूर्ण छलफल विधि, कक्षा मूल्याङ्कन लगायतका विभिन्न विधिमार्फत इन्स्टिच्युटले पढाई सूरु गरेको अधिकृत खत्रीले बताउनु भयो ।