बडा दशैँको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै

३ बर्ष अघि

२0७७ कार्तिक ५ बुधबार

 बडा दशैँको पाँचौ दिन  स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै

काठमाण्डौ कार्तिक ५ । बडा दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ । दुर्गा भवानीको ९ रुपममध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ । त्यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । अघिल्ला वर्षहरुमा देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाका लागि भक्तजनहरुको घुईंचो लागे पनि यो वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिमका कारण भीडभाड कम देखिएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सरकारले पनि मन्दिरहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि रोक लगाउने निर्णय गरेको छ ।