बैतडीका थप ४ जनाले कोरोना जिते 

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

बैतडीका थप ४ जनाले कोरोना जिते 

जनक साउद बैतडी कार्तिक ४ । बैतडीका थप ४ जनाले कोरोना जितेका छन । मगंलबार थप ४ जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आज कोरोना जितेर डिस्चार्ज हुनेमा बैतडीका पाटन नगरपालिका वडा नम्बर २ का ३४ बर्षीय पुरुष, सिगास गाउँपालिका वडा नम्बर ७ की ५२ बर्षीय महिला, सुर्नया गाउँपालिकाका ३४ बर्षीय पुरुष र दशरथचन्द नगरपालिका ४ का २० बर्षीय पुरुष रहेका छन । अब जिल्लामा ३७ जना सक्रिंय संक्रमीत रहेका छन । सबैभन्दा बढी पाटन नगरपालिकामा १८ जना, दशरथचन्द नगरपालिकामा ६ जना, मेलौली नगरपालिकामा ४ जना, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा २÷२ जना सक्रिय संक्रमीत रहेका छन । यस्तै सुर्नया गाउँपालिकामा ३ जना र पञ्चेश्वर गाउँपालिका र शिबनाथ गाउँपालिकामा १÷१ जना संक्रिय संक्रमीत रहेको बैतडीका कोभिड १९ सम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभयो । यस्तै बैतडीमा १ जना कोरोना संक्रमीतको भने मृत्यृ भईसकेको छ ।