दुहुँ गाउँपालिका वडा नम्बर २ मा निषेधाज्ञा जारी

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

दुहुँ गाउँपालिका वडा नम्बर २ मा निषेधाज्ञा जारी

दृष्टिकोण समाचार कार्तिक ४ दार्चुला ।  दार्चुलाको दुहुँ गाउँपालिका वडा २ मा निषेधाज्ञा जारी गरीएको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलामा  समुदाय स्थरमा थप संक्रमण कोरोना संक्रमण फैलिन भन्दै निशेधाज्ञा जारी गरिएको हो ।  दुहुँ गाउँपालिकाको कार्यालय हिकिलाले जारी गरेको परिपत्रका आधारमा दुहुँ गाँउपालिका वडा २ लाई आर्को सुचाना जारी नहुदा सम्मका लागि मंगलबार बेलुकी ७ बजेबाट जारी हुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेले जानकारी दिनु भयो । निषेधाज्ञा अवधिभर आत्याआश्वयक कार्य तथा सेवाबाहेक अन्य कामकाजहरुमा रोक समेत लगाएका छन । निशेधाज्ञाको पालना नगर्नेहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही समेत गरिने जिल्ला प्रशासन दार्चुलाले जनाएको छ । हेनुहोस सूचना