चेन्नेई सुपर किंग्सलाई राजस्थानले ७ विकेटले हरायो

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

 चेन्नेई सुपर किंग्सलाई राजस्थानले ७ विकेटले हरायो

कार्तिक ४ काठमाडौँ । आइपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको छ । अबुधाबीमा रोमबार राति भएको खेलमा राजस्थानका लागि जोस बटललरले नटआउट ठण् रन योगदान गरेको हो । कप्तान स्टिभ स्मिथ पनि २६ रनमा नटआउट रहेका थिए । आईपीएलमा यो राजस्थानको चौथो जित र चेन्नईको सातौँ हार हो । जितसँगै राजस्थानको टोली तालिकामा पाँचौँ स्थानमा पुगेको छ । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई अन्तिम स्थानमा छ । बेन स्टोक्सलाई तेस्रो ओभरमा दिपक चहारले आउट गरेको थियो । स्टोक्सले १९ रन बनाए । अर्को ओभरमा जोश हेजलवुडले रोबिन उथप्पाको विकेट लिएका हुन । ४ रन मात्रै बनाउन सेकेका उथप्पा धोनीको हातबाट क्याच भए । पाँचौ ओभारमा दीपक चहारले संजु स्यामसनलाई खातामा जम्मा २८ रन थियो । त्यसपछि भने कप्तान स्टिभ स्मिथ र जोश बटलरले खेलमा युटर्न ल्याइदिए । यी दुईले चौथो विकेटका लागि १८ रनको साझेदारी गरे । बटलर म्यान अफ द म्याच चुनिए । यसअघि पहिलो ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ न बनाएको थियो । कप्तान धोनीले रविन्द्र जडेजासँग मिलेर पाँचौ विकवेटका लागि ५१ रन जोडेका हुन । जडेजा चेन्नईका टप स्कोरर रहे । ३० बल सामना गरेका उनले चार चौकाको मद्दतमा नटआउट ३५ रन बनाए । धोनीले २८ र साम कुरानले २२ रन जोडे ।