कोरोनाबाट पहिलो पटक दार्चुलाका एक व्यक्तीको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

कोरोनाबाट पहिलो पटक दार्चुलाका एक व्यक्तीको मृत्यु

दृष्टिकोण समाचार कार्तिक ४ दार्चुला । कोरोना बाट  पहिलो पटक दार्चुलाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।  ३÷४ दिन पहिले ज्वरो आएर धनगढी गएका उनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको उहाले बताउनुभयो । ज्वरो संगै स्वास प्रसासमा समस्या देखिए पछि उनि धनगढी गएको तथा उतै मृत्यु भएको खुल्न आएको उहाले बताउनुभयो । उनको मृत्यु भए पछि गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको उहाको भनाई छ । उनको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । कोरोनाका कारण मृत्यु भएका ति पुरुषको घरपरिवार तथा टोल छिमेक शिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलन तत्काल गर्न स्वास्थ्यकर्मी परिचालन गरिने   जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।