अब हुलाक बचत बै‌ंक नरहने , खाताहरु बन्द हुँदै( सच्याइएकाे)

६ बर्ष अघि

२0७५ श्रावण ३ बिहीबार

अब हुलाक बचत बै‌ंक नरहने , खाताहरु बन्द हुँदै( सच्याइएकाे)

दिपकसिह धामी, साउन ३ दार्चुला । चालु आर्थिक बर्ष २०७५÷७६ बाट जिल्ला हुलाक कार्यालयमा रहेको हुलाक बचत बैंकका खाताहरु बन्द गरिदै छन् । हाल हुलाक बचत बंैक दार्चुलामा वृद्ध, नाबालक र सधारण गरी २ हजार ६ सय ४१ खाताहरु सञ्चालनमा छन् । हुलाक बचत बैंकमा वृद्ध खातामा वार्षिक ७ प्रतिशत, नाबालक खातामा वार्षिक ६ प्रतिशत र साधारण खातामा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको जिल्ला हुलाक कार्यालय दार्चुलाका प्रमुख चन्द्रबहादुर पालले जानकारी दिनुभयो । 
२०६१ / ६२  देखि सञ्चालनमा रहेको हुलाक बचत बैंक दार्चुलामा कुल निक्षेप १२ करोड ८२ लाख ९४ हजार २ सय ८५ रुपैँया रहेकाे छ । हुलाक बचत बैंककाे कुल नाफा १ कराेड ७९ लाख ४७ हजार ३२ रुपैँया रहेकाे छ । जिल्ला हुलाक कार्यालयमा हाल दैनिक रुपमा सय देखि डेढसय जनाले खाता बन्द गरिरहेका छन् । अहिले जिल्ला हुलाक कार्यालय दार्चुलामा खाता बन्द गर्नेहरुको भिड लागेको छ ।