नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार नाघ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार नाघ्यो 

काठमाडौं ३ कार्तिक । नेपालमा कोरोना संक्रमतिको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोे छ । मन्त्रालका अनुसार नेपालमा हाल सम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ । यस अघि आइतबारको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ रहेको थियो । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३५ जनाकोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ४० हजार ७ सय ७८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कारोना बाट ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।