अत्यावस्यक बाहेक जिल्लाका सरकारी कार्यालयको सेवाबन्द, दार्चुला बजार शुनसान

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

अत्यावस्यक बाहेक जिल्लाका सरकारी कार्यालयको सेवाबन्द, दार्चुला बजार शुनसान

दृष्टिकोण समाचार, कार्तिक ३ दार्चुला । कोरोनाभाईरस कोभिड—१९ काकारण दार्चुला जिल्लामा संक्रमितको संख्या बढेपछि दार्चुला जिल्लामा अत्यावस्यक बाहेकका अन्य सबै सरकारी कार्यालयहरुको सेवा आईतबार बाट बन्द रहेको छ ।
बंैक, अस्पताल, प्रशासन बाहेकका अन्य सबै सरकारी कार्यालयहरु कार्तिक दुई गतेबाट बन्द गरिएका हुन् । असोज २९ गते महाकाली नगरपालिकाको वडा नम्बर ५ मा ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएपछि २९ गते बेलुका बाट जिल्ला सदरमुकामको बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी गरिएको निशेधाज्ञा अनुरुप कार्तिक २ गतेबाट स्वास्थ्य सम्बन्धी निकाय र सुरक्षा निकाय बाहेकका अन्य सबै कार्यालय बाट प्रदान गरिने सेवाहरु बन्द गरिएका हुन् ।अहिले बैंक तथा वित्तिय संस्था, स्वास्थ्य सेवा तथा सुरक्षा निकाय मात्रै खुलेका छन् भने अन्य सेवाहरु बन्द भएसँगै दार्चुला बजार शुनसान बन्दै गएको छ ।