मंगलबार बाट व्याँसमा खाद्यान्न ढुवानी गरिने, हेलीकोप्टर दार्चुला आई पुग्यो 

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

मंगलबार बाट व्याँसमा खाद्यान्न ढुवानी गरिने, हेलीकोप्टर दार्चुला आई पुग्यो 

दृष्टिकोण समाचार, कार्तिक ३ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु र तिङ्करका स्थानीयका लागि दशै अगावै खाद्यान्नको व्यवस्था गर्न सुदुरपश्चिम प्रदेश सरकारको लगानीमा मंगलबार बाट हेलीकोप्टर मार्फत  खाद्यान्न ढुवानी गरिने भएको छ । सुदुर पश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको स्वीकृत कार्यक्रम अन्तरगत जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दार्चुला बाट टेण्डर आह्वान गरी खाद्यान्न ढुवानी गर्न लागिएको हो ।खाद्यान्न ढुवानीमा अनुदान दिने गरी ४५ लाख रुपँैया बजेट विनियोजन गरिएको र सिम्रीका एयर काग्रो विरेन्द्रनगर सुर्खेतले टेण्डर प्राप्त गरी खाद्यान्न ढुवानी गर्न लागेको जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका प्रमुख गंगा मगरले जानकारी दिनुभयो । खाद्यान्न ढुवानीका लागि माउन्टेन एयरको ढ ल्( ब्ीम् कल साइनको हेलिकोप्टर सोमबार दार्चुला आईपुगेको छ । दार्चुला सदरमुकाम खलंगाको विरेन्द्रबन क्षेत्रमा रहेको नेपाल पत्रकार महासंघको भवनमा खाद्यान्न भण्डारण गरिएको छ । व्याँस गाउँपालिका वडा नम्बर एकले खाद्यान्न वितरणमा सहजिकरण गर्ने गरी छाङरुका एक सय २५ र तिङ्कर गाउँका ७५ परिवारका लागि खाद्यान्न ढुवानी गर्न लागिएको हो ।चालु आर्थिक बर्षमा सुदुर पश्चिमप्रदेश सरकारले पाँच करोड रुपैँयाको बजेट विनियोजन गरि व्यास क्षेत्रको विकासका लागि एकीकृत प्याकेज घोषणा गरेको थियो ।सोही कार्यक्रम अन्तरगत दशै अगावै व्याँसका स्थानीयलाई खाद्यान्न उपलब्ध गराउने गरी  खाद्यान्न ढुवानी गरिन लागेको दार्चुला जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य गेल्ब ुसिह बोहराले जानकारी दिनुभयो । व्याँसका स्थानीयका लागि दाल,चामल, नुन, तेल, पीठो जस्ता खाद्य सामाग्रीहरु ढुवानी गरिने छ ।