नेपालमाकोरोना संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो ।।

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

नेपालमाकोरोना संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो ।।

काठमाण्डौ कार्तिक २ । नेपालमा कोरोना भाईरसको सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार नौ सय ४२ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २६ जनानिको भएर फर्किए सँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ ।  
नेपालमा अब ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।  यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गए सँगै कोरोना सङ्क्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।