३ महिनाको अवधिमा जिल्ला ट्रफिक प्रहरीद्वारा ढाई लाख राजश्व संकलन

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

३ महिनाको अवधिमा जिल्ला ट्रफिक प्रहरीद्वारा ढाई लाख राजश्व संकलन

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला । ३ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले लाख २ लाख ६२ हजार ५ सय रुपैँया राजस्व संकलन गरेको छ ।  जिल्लामा ट्राफिक निमयविपरित सञ्चालन गरिने सवारी साधनहरुलाई कार्वाहीगरि उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख दिपक बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार ३ महिनाको अवधिमा दार्चुलामा ४ सय ५९ सवारी साधनहरुलाई कार्वाही गरिएको छ । ३ महिनाको अवधिमा ६ वटा बस, तिन सय ९ जिप, २१ ट्रक, ५१ टेक्तर, र ६१ वटा मोटरसाइकललाई कार्वाहि गरिएको हो ।