३ हप्ता देखि अबरुद्ध जिल्ला अस्पताल दार्चुलाको एक्स—रे मेसिन छिट्टै सञ्चालन हुने ।।

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

३ हप्ता देखि अबरुद्ध जिल्ला अस्पताल दार्चुलाको एक्स—रे मेसिन छिट्टै सञ्चालन हुने ।।

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला । बिगत ३ हप्ता देखि अबरुद्ध जिल्ला अस्पताल दार्चुलाको एक्स—रे सेवा सञ्चालनमा गर्ने तयारी भईएरहेको छ । दार्चुला अस्पतालमा रहेका दुई वटा एक्स—रे मेसिनहरु बिग्रेपछि अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । एक्स–रे मेसिन विग्रेको उपकरणहरु काठमाण्डौबाट ल्याइएको र जडान गर्ने प्राविधिक समेत दार्चुला पुगीसकेकाले एक दुई दिन भित्रमा मेसिन सुचारु गर्न सकिने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजित सिह धामीले जानकारी दिनुभयो ।  एक्स—रे मिसिन विग्रीए पछि जिल्ला अस्पताल दार्चुलामा आउने विरामीहरुको चेकजाँचमा समस्या भईरहेको छ ।