अपि हिमाल गाउँपालिकामा एकल पुरुषलाई भत्ता दिइदै ।।

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

अपि हिमाल गाउँपालिकामा एकल पुरुषलाई भत्ता दिइदै ।।

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला ।  दार्चुला जिल्लाको अपी हिमाल गाउँपालिकामा रहेका एकल पुरुषहरुलाई भत्ता दिइएको छ । गाउँपालिकामा रहेका एकल पुरुषहरुलाई गत आर्थिक वर्षबाट रु. ५ सय का दरले मासिक भत्ता दिन थालेको हो । एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयो ।  गाउँपालिका भरिका २८ जना एकल पुरुषले गत आर्थिक वर्ष देखि भत्ता पाएका छन् । त्यसैगरी गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि वृद्धाआश्रम समेत निर्माण गरेको छ ।