१७ किलोग्राम अवैध यार्सा गुम्बा सहित एक जनापक्राउ

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

१७ किलोग्राम अवैध यार्सा गुम्बा सहित एक जनापक्राउ

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला । दार्चुला जिल्ला सदमुकाम खलंगामा १७किलो ५१ ग्राम अवैध यार्सा गुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सदरमुकाम खलंगाको घाँट बजारबाट शनिवार दिउँसो ३ बजेतिर हुम्ला जिल्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षिय डोकार लामालाई अवैध यार्सागुम्बा सहित प्रहरीले पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । संकास्पद रुपमा हिडिहेको लामालाई चेकजाँच गर्दा उनको साथबाट सो मात्रामा अवैध यार्सा गुम्बा बरामद गरेको उहाँले बताउनु भयो । पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि अपिनाम्पा संरक्षण क्षेत्रको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।