दार्चुलामा कोरोना संक्रमितको संख्या १९९ पुग्यो, आईतबार १ सय १६ जनाको गरियो स्वाब संकलन ।। 

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

दार्चुलामा कोरोना संक्रमितको संख्या १९९ पुग्यो, आईतबार १ सय १६ जनाको गरियो स्वाब संकलन ।। 

पृथ्वीराज सुनाम, कार्तिक २ दार्चुला । महाकाली नगरपालिकामा आईतबार  १ सय १६ जनाको स्वाब संकलन गरीएको छ । गत बिहिबार कोरोना संक्रमितको सम्पर्कमा रहेका ब्यक्तीहरुको कन्टेक्ट टे«सिङमा रहेका वडा नम्बर ३, ४ र ५ का १ सय ४ पुरुष र १२ महिलाको स्वाबं संकलन गरिएको महाकालीन गरपालिकाका स्वास्थ्य सयोजक मोहनसिह महराले जानकारी दिनुभयो । यसै बीच आइतबार दार्चुलाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दुहूँ गाउँपालिकाका २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हाल सम्म दार्चुला जिल्लामा ३ हजार ३ सय ४३ जनाको स्वाब संकलन गरिएको छ । कुल परिक्षणको नतिजाप्राप्त संख्या ३ हाजर २ सय ९ रहेको छ । दार्चुलामा हाल सम्म १ सय ९९ जना कोरोना संक्रमित रहेकोमा १ सय ४४ जना निको भएर घर फर्कि सकेका छन् भने ४६ जना आईसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जानएको छ ।