भारतमा कोरोनाबाट एक लाख १४ हजारभन्दा बढीको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

भारतमा कोरोनाबाट एक लाख १४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं कात्तिक २। भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट एक हजार ३३ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७४ लाख ९४ हजार ५५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ६१ हजार ८७१ नयाँ संक्रमित भेटिएका हुन् । अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ८१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म दुई लाख १९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।