दिल्लीले चेन्नईलाई ५ विकेटले हरायो ।

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

दिल्लीले चेन्नईलाई ५ विकेटले हरायो ।

काठमाडौँ २ कार्तिक । शिखर धवनको शतक मद्दतमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले हराएको छ । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नईले दिएको ९८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा हासिल ग¥यो । चेन्नईको टोलीबाट चार पटकसम्म जीवनदान पाएका धवनले नटआउट १०१ रन बनाएर उनी म्यान अफ द म्याच भएका हुन । दिल्लीको यो नौ खेलमा सातौँ जित हो । यो जितसँगै दिल्ली अंक तालिकाको पहिलो नम्बरमा पुगेको छ । चन्नईको यो छेटौँ पटक हार रहेको छ । पृथ्वी शा दोस्रो बलमै शून्य रनमा आउट भएका थिए उनलाई दिपक चहारले आउट गरेका हुन । दोस्रो नम्बरमा आएका अजिक्य रहाणे पनि क्रिजमा टिक्न सकेनन् । पहिलो ६ बलमा उनले दुई रना बनाएका थिए भने सातौँ बलमा उनले चौका हाने । तर पाँचौ ओभरमा उनलाई पनि दिपक चहारले पेभेलियन फर्काइदिए । रहाणे मात्र आठ रन बनाएर विदा भएका हुन । त्यसपछि धवनलाई साथदिन कप्तान श्रेयस अंयर आए । तेस्रो विकेटका लागि उनीहरुले ७.२ ओभरमा ६८ रन साझोदारी गरे । श्रेयस २३ रनमा आउट भएका हुन । १० औँ ओभरमा धवनले अर्धशतक पुरा गरेका हुन । धवनले २९ बलमा ५० रन बनाएका थिए । ११ औँ ओभरमा धवनले साम कुरानको बलमा चौका प्रहार गरे । धवन र अंयरको साझेदारीलाई १२ औँ ओभरमा ड्वेन ब्रोभोले तोडिदिए । ब्राभोले अंयरलाई आउट गरे । अंयरले २३ बलमा २३ रन बनाएका हुन । जितका लागि दिल्लीलाई अन्तिम ओभरमा १७ रन बनाउनुपर्ने थियो । चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले रविन्द्र जडेजालाई बल दिए । जडेजाको पहिलो बल वाइड भयो । अर्को बलमा धवनले एक रन लिए । दोस्रो र तेस्रो बलमा अक्षर पटेलले छक्का प्रहार गरेका थिए । चौथो बलमा दुई रन बटुले र पाँचौँ बलमा फेरि छक्का प्रहार गर्दै पटेलले दिल्लीलाई जित दिलाए हुन ।