तस्करसंगको भीडन्तमा जुगेडामा असईको मृत्यु, प्रहरी जवान बेपत्ता

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

तस्करसंगको भीडन्तमा जुगेडामा असईको मृत्यु, प्रहरी जवान बेपत्ता

धनगडी कार्तिक २ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक असई मृत फेला परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका असइ असई गोविन्द बहादुर साँउदको शव आईतवार बिहान सीमा नाकामा मोहना नदीमा फेला परेको हो ।उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साँउद भने फेला परेका छैनन् चौकीबाट मोटरसाईकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएको डिएसपि प्रतिक बिष्टले जानकारी दिएका छन् आईतवार बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको उनले बताए ।उक्त शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन् ।