चीनको एक नगरमा ४ दिनमै १ करोड १६ लाख मानिसको कोरोना परीक्षण, 

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

चीनको एक नगरमा ४ दिनमै १ करोड १६ लाख मानिसको कोरोना परीक्षण, 

 काठमाडौ कार्तिक २ । चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ । गएको हप्ता १३ जनामा कोरोना भाइरस पुष्टि भएपछि सहरका सबै बासिन्दाको परीक्षण गर्ने निर्णय अनुसार पछिल्लो ४ दिनमा १० दशमलव १६ मिलियन अर्थात १ करोड १६ लाख जनाको परीक्षण भएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ । चिङदाओका उपमेयर चिउ चिङदाओले गएको सोमबारदेखि बिहीबारसम्म झण्डै १ करोड १६ लाख मानिसमा कोरोना परीक्षण गरिएको र कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको बताएका छन् । गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण चीनबाट फैलिन सुरु भए पनि अहिले त्यहाँ सङ्क्रमण नियन्त्रणतर्फ गइसकेको छ । तर विश्वका धेरै जसो देशमा कोरोना भाइरसको महामारी बढिरहेको छ र अझै पनि लकडाउन लगाइएको छ ।