३९ करोड ५५ लाख  लागतमा मुरै निम्ठा विनायक सडक निर्माण हुदै 

३ बर्ष अघि

२0७७ कार्तिक १ शनिबार

३९ करोड ५५ लाख  लागतमा मुरै निम्ठा विनायक सडक निर्माण हुदै 

दृष्टिकोण समाचार कार्तिक १ दार्चुला । मार्मा गाँउपालिका दार्चुलामा ३९ करोड ५५ लाख लागतमा  तपोवन मुरै निम्ठा विनायक सडक निर्माण हुने भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी तपोवन मुरै निम्ठा विनायक सडको उद्धघाटन गरिएको छ । मार्मा क्षेत्रका नागरिकलाई यातायातको पहुचमा पुगाउने उदेश्यका साँथ आज जिल्ला समन्वय समिति उप्रमुख कृष्णसिह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले संयुक्त रुपमा उद्धघाटन गरेका हुन ।  सडक कुल २८ किलोमिटर रहने र उक्त सडमा संघिय सरकार र प्रदेश सरकारको पहलमा निर्माण गरिन लागेको  मार्मा गाउँपलिका वडा नम्बर ५ का वडा अध्यक्ष सुरेन्द्र सिह महताले जानकारी दिनुभयो । मार्मा गाउँपालिका बाट नैगाड गाउँपालिका जोडने मुख्य सडकको योजनाको संघिय सरकार , प्रदेश सरकार र गाउँपालिका सहयोगमा  कुल ३९ करोड ५५ लाख रुपैँया लागत लाग्ने भएको छ । तपोवन मुरै निम्ठा विनायक सडक छिटै निर्माण गरि सुचारु भएमा मार्मा क्षेत्रको विकास र समृद्धिमा विकासले फडको मार्ने निश्चत रहेको गाँउपालिका अध्यक्ष जमन सिह धामीले बताउनु भयो ।