नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि,

३ बर्ष अघि

२0७७ कार्तिक १ शनिबार

नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि,

काठमाडौ कार्तिक १ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । या ेसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८९ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिनुभयो ।