पाटन बिमानस्थलमा हप्ताको २ दिन उडान हुने

३ बर्ष अघि

२0७७ कार्तिक १ शनिबार

पाटन बिमानस्थलमा हप्ताको २ दिन उडान हुने

जनक साउद कार्तिक १ बैतडी । समिट एयरले बैतडीको पाटन बिमानस्थलमा हप्ताको २ दिन उडान भर्ने भएको छ । यस अगाडी हप्ताको एक दिन मगंलबार मात्रै उडान भर्ने भनिएकोमा अब हप्ताको २ दिन उडान भर्ने भएको हो । समिट एयरले थप एक १ दिन शुक्रबार पनी उडान भर्ने निर्णय गरेको समिट एयरका बैतडी सम्र्पक ब्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिनुभयो । अब प्रत्येक हप्ताको मगंलबार र शुक्रबार बिहान ८ः ३० बजे बैतडीका लागी धनगढीबाट बिमान उड्ने उहाँले बताउनुभयो । यस्तै धनगढी –बैतडीको भाडा ३ हजार ८ सय तोकिएकोमा ५० रुपैया बृद्धि भएको छ । बिमानमा यात्रा गर्नहरुलाई कोरोना भाईरसबाट बच्ने आबश्यक स्वास्थ्य सामाग्रीहरु थप गर्ने भन्दै ५० रुपैया बृद्धि गरिएको समिट एयरले जनाएको छ ।