बैतडी–कार्तिक १ । बैतडीका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका थप ५ जनाको कोरोना पाजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आज कोरोना पुष्टि हुनेमा पाटन नगरापालिकाका ४ जना र पञ्चेश्वर गाउँपालिकाका १ रहेका छन । यो सगं बैतडीमा संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।