दार्चुलामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ कार्तिक १ शनिबार

दार्चुलामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि 

पृथ्वीराज सुनाम, कार्तिक १ दार्चुला । दार्चुलामा शनिबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मार्मा गाउँपालिकाका थप तीन जना र बैतडी प्रयोगशालमा गरिएको परिक्षणमा लेकम गाउँपालिकाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालयका दार्चुलाका सूचना अधिकारी खकेन्द्र कार्कीले जानकारी दिनुभयो । त्यस्तै  यो सँगै दार्चुलामा कारोना संक्रमण पुष्टि हुनेको संख्या १ सय ९८ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताउनु भयो ।