नेपालमा कोरोना संक्रमितको संख्या १लाख २६ हजार नाघ्यो । 

३ बर्ष अघि

२0७७ आश्विन ३0 शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या १लाख २६ हजार नाघ्यो । 

 काठमाण्डौ असोज ३० ।  नेपालमा कोरोना भाईरस सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार चार हजार तीन सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय २२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ ।  अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 
यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय १५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।