६५ औँ प्रहरी दिवस मनाइयो, दार्चुलामा आत्महत्याका घटनामा बृद्धि

३ बर्ष अघि

२0७७ आश्विन ३0 शुक्रबार

६५ औँ प्रहरी दिवस मनाइयो, दार्चुलामा आत्महत्याका घटनामा बृद्धि

दृष्टिकोण समाचार असोज ३० दार्चुला । देश र जनताको सेवाका गर्दै कर्तव्य पालनाका क्रममा प्राणको आहुती दिने बीर तथा अमर प्रहरी प्रति श्रद्धाञ्जली दिँदै ६५ औँ प्रहरी दिवस शुक्रबार देशै भरी विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन । यसैबीच जिल्ला अदालतका न्यायधीश गिरीराज गौतमको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय दार्चुलामा ६५ औँ प्रहरी दिवस मनाईएको छ । प्रहरी दिवसको अवसरमा बीर तथा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा चढाएर अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । दिवसकै अवसरमा दार्चुला जिल्लाबाट बीरगती प्राप्त गर्ने तीन जना प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित हुने प्रहरी परिवारका सदस्यहरु नन्दा देबी भट्ट, प्रतिमा जोहारी तथा तारा बडाललाई सम्मान गरिएको हो । त्यसैगरी जेष्ठ नागरिक भूतपुर्व प्रहरी कार्मचारीहरु भुपु प्रहरी हवल्दार नन्दाबल्लभ जोशी, तथा भुपु प्रहरी जवान दिलानन्द बडुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा विभिन्न इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई उत्कृष्ट कार्य सम्पादन गरेवाफत पुरुष्कृत गरिएको छ । पुरुष्कृत हुने अधिकृत तथा कर्मचारीहरुमा प्रहरी निरिक्षक भाष्कर चन्द, प्रहरी सहायक निरिक्षकहरु भुवन चन्द, र रामबहादुर बोहरा, प्रहरी हवल्दारहरु युवराज महतरा र प्रमेबहादुर साहु तथा प्रहरी जवानहरु सुनिल विष्ट र नवराज पाण्डे रहेका छन् । प्रहरी दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिश गिरीराज गौतमले शान्ति सुरक्षा बाहेक अन्य सबै क्षेत्रमा प्रहरी पहिलो घेरामा रहेर काम गर्ने तथा  प्रहरीको कार्य कुशलताको कारणले समाज परिवर्तन भईरहेको बताउनु भयो ।यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर बिष्टले दार्चुला जिल्लामा झुण्डिएर आत्महत्या गर्ने, नदिमा हाम फाल्ने, भिरबाट लडेर मृत्यु हुने जस्ता घटनाहरु बढीरहेको बताउनु भयो । समाजमा फैलिएको बिकृतिलाई का मगर्न सबै नागरिकको भुमिका रहने बताउनु भयो ।