मालिकार्जुन मडमा ५२ पेटी  मदिरा बरामद 

३ बर्ष अघि

२0७७ आश्विन ३0 शुक्रबार

मालिकार्जुन मडमा ५२ पेटी  मदिरा बरामद 

दृष्टिकोण सामाचार असोज ३० दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिका वडा नं. ३ मडमा ५२ पेटि मदिरा बरामद गरेको छ । शुक्रबार राती ८ बजे मालिकार्जुन प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले ५२ पेटी मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्द्रले जानकारी दिन भयो । मालिकार्जुन प्रहरी चौकीबाट खटिएको असई तेज बहादुर खडकाको टोलिले विभिन्न ब्रान्डको ५२ पेटि अबैद मदिरा बरामद गरेको हो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ आदिखोलका व्यापारी गणेश सिह धामीले लुकाएर राखिएको मदिरा प्रहरीले बरामद गरेको सूचना अधिकारी चन्द्रले बताउनु भयो । बरामद गरेको मदिरा ब्रिक्स २७ पेटि, ढुकुरी १६ पेटी, फिटो ६ पेटि र ओरेन्ज ३ पेटी बरामद गरि इलाका प्रहरी कार्यायल गोकुश्वरले कोष तथा लेखा नियन्त्रणको कार्यालय दार्चुलामा बुझाउने प्रहरीले जनाएको छ ।