जिल्ला अदालत दार्चुलाले गर्याे ७५ प्रतिशत मुद्दा फस्र्यौट

६ बर्ष अघि

२0७५ श्रावण २ बुधबार

जिल्ला अदालत दार्चुलाले गर्याे  ७५ प्रतिशत मुद्दा फस्र्यौट

सुलोचना महता, १ साउन दार्चुला । जिल्ला अदालत दार्चुलाले एक बर्षको अवधिमा ७५ दशमलब ४७ प्रतिशत मुद्दा फस्र्यौट गरेको छ । गत आर्थिक बर्ष २०७४ साउन देखि २०७५ असार मसान्तसम्म जिल्ला अदालतमा परेका जम्मा १ सय ६ थान मुद्दा मध्ये ८० मुद्दा फस्र्र्यौट भएका र २६ मुद्दा बाँकी रहेको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार शेरबहादुर विष्टले जानकारी दिनुभयो । जिल्ला अदालत दार्चुलाले आज पत्रकार सम्मेलन गरेर अदालतको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो । प्रतिबेदनका अनुसार गत आर्थिक बर्षमा जिल्ला अदालत दार्चुलामा विगो भराउने सात, चलन चलाउने एक, बण्डा छुट्याउने छ गरी जम्मा १४ वटा निवेदन अदालतको तहसिल शाखामा दर्ता भएका छन् । त्यसमध्ये १२ मुद्दा फस्र्यौट भएको र दुईवटा बाँकी रहेका छन् । 
त्यस्तै जिल्ला अदालत दार्चुलाबाट हालसम्म एकसय ६६ बर्ष १८ दिन कैद भुक्तान र २९ लाख ५० हजार २ यस २५ रुपैँया जरिवाना अशुल गर्न बाँकी रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । जिल्ला अदालत दार्चुलाले आर्थिक बर्ष समाप्तीसँगै पत्रकार सम्मेलन मार्फत बार्षिक प्रगती प्रतिबेदन सार्वजनिक गरेको हो ।