किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाचक जित हासिल 

३ बर्ष अघि

२0७७ आश्विन ३0 शुक्रबार

किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाचक जित हासिल 

असोज ३०, काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत गए रातीको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाचक जित हासिल गरेका छ । पन्जाबको जितमा ओपनर केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गरेको हुन । यसैगरी २५ बल सामना गरेका मयंक अग्रवालले चार चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाएका हुन । मयंक अग्रवाललाई यजवेन्द्र चहलले आउट गरे । त्यसपछि ब्याटिङमा आएका क्रिस गेलले ५३ रन योगदान गरेको हुन । ४५ बलमा उनले एक चौका र पाँच छक्का प्रहार गरेका हुन । राहुल र गेलले ९३ रन साझेदारी गरे । र गेल रनआउट भएका थिए । पन्जाबलार्य जितका लगि अन्तिम ओभरमा २ रन मात्र चाहिएको थियो । २० औँ ओभरको अन्तिम बलमा निकोलस पूरनले छक्का प्रहार र्गै पन्जाबलाई जित दिलाएका हुन ।