सुनको भाउ तोलामा चार सय रुपैँया बढ्यो

३ बर्ष अघि

२0७७ आश्विन ३0 शुक्रबार

सुनको भाउ तोलामा चार सय रुपैँया बढ्यो

काठमाडौँ असोज ३० । सुनको भाउ आज तोलमा चार सय रुपैँया बढेको छ ।  सुन आज तोलामा ९४ हजार ९ सय रुपैँया कायम भएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो तोलमा सुनको मुल्य ९४ हजार ५ सय थियो । यस्तै चाँदी पनि आज तोलामा ५ रुपैँयाले घटेर १ हजार २ सय रुपैँया पुगेको छ ।