दार्चुला कारागारका दुई जना कैदी सहित ३८ जनामा कोरोना संक्रमण पुष्टी 

३ बर्ष अघि

२0७७ आश्विन २९ बिहीबार

दार्चुला कारागारका दुई जना कैदी सहित ३८ जनामा कोरोना संक्रमण पुष्टी 

दृष्टिकोण समाचार असोज २९  दार्चुृला । दार्चुला जिल्लामा विहिबार ३८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।  विहिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला कारागार दार्चुला र महाकाली नगरपालिका वडा नम्बर ५ का ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो ।कारागारमा रहेका दुई जना मध्ये एक जनामा मानसिक र एक जनामा हर्निया सम्बन्धी समस्या समेत रहेकाले थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको कारागार दार्चुलाका प्रमुख मानबहादुर खडायतले जानकारी दिनुभयो ।विहिबार कोरोना पुष्टि भएका मध्ये ४४ नम्बर गण दार्चुलाका १४ जना सशस्त्र प्रहरी, २ जना कारागारका कैदीहरु, ३ जना रेडक्रस दार्चुलाका कर्मचारी र मोहतीका २१ जना रहेका छन् । जसमध्ये मोहतीका कोरोना पुष्टि हुनेमा  १२ जना महिला समेत रहेका छन् ।दार्चुलामा हाल सम्म १ सय ९१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ९३ जना सक्रिय संक्रमित आईसुलेशनमा रहेका छन् ।