बैतडीको दोगडाकेदार गाउँपालिकाद्धारा गहुँ र आलुको बिउ वितरण 

३ बर्ष अघि

२0७७ आश्विन २९ बिहीबार

बैतडीको दोगडाकेदार गाउँपालिकाद्धारा गहुँ र आलुको बिउ वितरण 

जनक साउद असोज २९ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले किसानहरुलाई गहुँ र आलुको बीउ वितरण गरेको छ । माग अनुसार गाउँपालिका भरीका किसानहरुलाई ५० प्रतिशत अनुदानमा बिउ बितरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक कविराज भट्टले जानकारी दिनुभयो । गाउँपालिकाका ८ वटै वडाका किसानहरुलाई आलु र गहुँको बीउ वितरण गरिएको हो । उन्नत जातको बीउ उपलब्ध गराएर उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्यले ४६ क्वीन्टल गहुँको बिउ र १ सय १३ क्वीन्टल आलुको बीउ ५० प्रतिशत अनुदानमा बितरण गरिएको कृषि प्राविधिक भट्टले जानकारी दिनुभयो ।