दुहुँ गाउँपालिकाले बाढि पहिरो विस्थापित दुई परिवारलाई ग¥यो आर्थिक सहयोग 

३ बर्ष अघि

२0७७ आश्विन २९ बिहीबार

दुहुँ गाउँपालिकाले बाढि पहिरो विस्थापित दुई परिवारलाई ग¥यो आर्थिक सहयोग 

दृष्टिकोण समाचार असोज २९  दार्चुृला । दार्चुलाको दुहुँ गाउँपालिकाले बाढी पहिरोबाट घरबार विहिन बनेका दुई परिवारलाई बिहीबार आर्थिक सहयोग गरेको छ । दुहुँ गाउँपालिका वडा नम्बर ३ का केशब बहादुर बम र प्रजित सिह बोहराको परिवारलाई गाउँपालिकाबाट २५ हजार रुपँैया नगद सहयोग गरेको छ । बर्षातका कारण दुहुँगाउँपालिकाको वडा नम्बर ३ का ४ र वडा नम्बर १ का ३ गरी सात परिवार पहिरोबाट घरबार विहिन बनेका छन् । पहिरो पीडित सबै परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले जानकारी दिनुभयो । विहिबार दुबै परिवारलाई गाउँपालिका उपाध्यक्ष इशवरी जोशीले पीडितपरिवारलाई राहत वितरण गर्नु भएको हो ।