व्यावसायिक खेतीमा लागे दत्तूका किसान, प्राविधिक तालिमको अभाव 

३ बर्ष अघि

२0७७ आश्विन २९ बिहीबार

व्यावसायिक खेतीमा लागे दत्तूका किसान, प्राविधिक तालिमको अभाव 

दृष्टिकोण समाचार असोज २९  दार्चुृला ।दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा सामन्त दाजुभाईले व्यवसायिक मेवा खेती थालेका छन् । परम्परागत रुपमा घरमा एक दुइ बोट मेवा लगाउने शुरज र मोहन सिह सामन्तले व्यावसायिक मेवा खेती गरेका छन् । गत बर्षबाट झण्डै ३ रोपनी क्षेत्रफलमा उन्नत जातका २ सय मेवाका बोटहरु रोपेका छन् । मेवामा अहिले फल लाग्न थालेको छ । स्नातक तहसम्मको अध्ययन सकेर गाउँमै केही गरेर देखउनु पर्छ भन्ने उद्देश्यका साथ अरुले भन्दा फरक पेशा व्यवसाय गर्न लागेको शुरज सामन्तको भनाई छ । सब—ईन्जिनियर कोर्ष पढेका मोहनसिह सामन्तले कतै जागिर नपाएपछि दुबै दाजु भाई मिलेर आफ्नै बारीमा मेवा खेती थालेका हौँ । एक बर्ष पहिले महेन्द्रनगरबाट वासिङ्टन जातका मेवाको प्रति बोट १ सय ५० रुपैँयामा खरिद गरि ल्याएको र पहिलो चरणमा २ सय बोट रोपेका छन् । यो परीक्षणका लागि खेती गरीएको र कृषि क्षेत्रबाट प्राविधिक सहयोग मिल्यो भने मेवा पकेट क्षेत्रका रुपमा दत्तुमा खेती गर्ने सोच उनीहरुको छ ।