नेपालमा कोरोना संक्रमितको संख्या १ लाख  २१ हजार नाघ्यो

३ बर्ष अघि

२0७७ आश्विन २९ बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख  २१ हजार नाघ्यो

काठमाडौ असोज २९ ।नेपालमा कोभिड–१९ कोरोना भाइरस का सङ्क्रमितको संख्या एक लाख २१ हजार ७ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ७ सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।१६ हजार ५ सय ९८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ८४ हजार पाँच सय १८ पुगेको छ ।  नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । चार हजार आठ सय २५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।