दिल्लीले राजस्थानलाई ३ रनले हरायो 

४ बर्ष अघि

२0७७ आश्विन २९ बिहीबार

दिल्लीले राजस्थानलाई ३ रनले हरायो 

काठमाडौँ असोज २९ । इन्डियन प्रिमियर लिग ९ आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ । दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १ सय ६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा  राजस्थानले ८ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो । ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे हुन र जोस बटलरले २२ रन बनाए छन् । उनलाई नोर्कियेले बोल्ड गरे । त्यसपछि आएका कप्तान स्टिभ स्मिथले खारब खेल खेली उनी एक रनमा क्याचआउट भएका हुन । राजस्थानको चौथो विकेट पनि लगत्तै खस्यो । सन्ज स्यामसन १८ बलमा २५ रन बनाएर आउट भए । उनलाई अक्षर पटेलले बोल्ड गरे । अघिल्लो म्याचमा केबल २६ बलमा नटआउट ४२ रन बनाएर हैदरावादलाई हराउनेवाला रियान पराग पनि अक्षर पटेलको बलमा रन आउट भएका हुन । त्यसपछि दिल्लीलाई ठूलो सफलता रोबिन उथप्पालाई आउट गरेपछि मिलेको हो ।  एनरिक नोर्कियले उथप्पालाई बोल्ड गरे । उथप्पा २७ बलमा ३२ रन बनाएर पेभेलियन फर्किए । अन्तिम ओेभरमा राजस्थानलाई जितका लागि २२ रन आवश्यक थियो । तर युवा बलर तुषर देशपाण्डेले केबल ८ रन दिए र श्रेयस गोपालको पनि विकेट लिए । राहुल तेबतिया १५ रनमाक नटआउट रहे । दिल्लीका तुषरले ३७ रन खर्चिएर २ र एनरिक नोर्कियले ३३ रन दिएर २ विकेट लिए । नोर्किय म्यान अफ द म्याच भए । यसअघि दिल्लीका कप्तान श्रेयस अंययरले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका थिए । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अर्धशतक पूरा गरे । उनले ३३ बलमा ६ चौका र २ छक्काको मद्तमा ५७ रन योगदान गरे । कप्तान श्रेयस अंयरले पनि ४३ बलमा ३ चौका र दुई छक्काको मद्दमा ५३ रन बनाए । पृथ्वी शाह शून्य रनमा र अजिक्य रहाणे २ रनमा आउट भएको बेला धवन र अंयरले जितको आधार तयार पारेका थिए । बेल्जिङ तर्पm जोफ्रा आर्चरले ३ विकेट लिए ।